सप्तरी ३ बाट कांग्रेसका नेता दिनेशकुमार यादव विजयी
यादव २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै पराजित बन्दै आएका थिए।
सप्तरी, मंसिर ८ : नेपाली कांग्रेसका नेता दिनेशकुमार यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
चौथोपटकमा प्रयासमा चुनावी नतिजा आफ्नो पक्षामा पारेका यादवले एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका हुन्। यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरी २२ हजार ३०० मतमा सीमित भए।
यादव २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै पराजित बन्दै आएका थिए।
प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











