Kathmandu Press

चितवन १ प्रदेशसभा १ मा थपलिया र २ मा खनाल निर्वाचित

चितवन १ प्रदेशसभा १ मा थपलिया र २ मा खनाल निर्वाचित

चितवन, मंसिर ८ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल चितवन १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन्।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका उनले एमालेका प्रकाश खनाललाई पराजित गरेका हुन्।

Hardik ivf

कृष्णले १५ हजार ५०७ मत ल्याउँदा शैलेशले १४ हजार ७६८ मत ल्याए। कृष्ण २०७४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

राप्रपा बलराम शर्मा खनालले एक हजार ४१९, कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले ७ हजार ५१९ मत ल्याए।

सोही क्षेत्रको प्रदेशसभा (क) मा एमालेका उम्मेदवार जगन्नाथ थपलिया १७ हजार ६८८ मत ल्याई निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याए।

नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङ ६ हजार २६५ मत ल्याएर तेस्रो भए।

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्