‘स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा हो’
बिहीबार झापामा सञ्चारकर्मीले राष्ट्रिय स्वतन्त्र पार्टीबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा नेपालको बौद्धिक जगतले देशलाई गलत बाटोतर्फ लान खोजेको बताए।झापा, मंसिर ८ : एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताएका छन्।
बिहीबार झापामा सञ्चारकर्मीले राष्ट्रिय स्वतन्त्र पार्टीबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा नेपालको बौद्धिक जगतले देशलाई गलत बाटोतर्फ लान खोजेको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए। ‘उदय भनेर जे प्रचार गरियो, त्यो सञ्चार माध्यमको कृपा हो,’ उनले भने, ‘नेपालको बौद्धिक जगतले देशलाई गलत बाटोतर्फ लान खोज्दैछ।’
उनले थपे, ‘गन्तव्य, कार्यक्रम, नीति केही छैन, हाहाहुहुमा देश त चल्दैन। ‘भविष्यलाई जिम्मेवार ढंगले सोच्नेभन्दा हाहा र हुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन।’
प्रकाशित मिति: १६:५६ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९