Kathmandu Press

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देन निर्वाचित

२०७४ सालको निर्वाचनमा पनि लिङ्देन सिटौलालाई नै पराजित सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देन निर्वाचित

काठमाडौं, मंसिर ८ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत पाए।

सिटौला सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने लिङ्देनलाई एमालेको साथ थियो।

२०७४ सालको निर्वाचनमा पनि लिङ्देन सिटौलालाई नै पराजित सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला पनि उनलाई एमालेको साथ थियो।

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्