Kathmandu Press

चितवन १ बाट रास्वपाका ढकाल निर्वाचित

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय आठ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे। 
चितवन १ बाट रास्वपाका ढकाल निर्वाचित

चितवन, मंसिर ८ : चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।
 
ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय आठ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे। 

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो। जसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार ४ सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ।
 
उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भएका छन्। थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाउनुभएको थियो । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन्। खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गर्नुभएको थियो। यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्