Kathmandu Press

नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस नेता शशांक कोइराला निर्वाचित

उनले २ हजार २० मतको अन्तरले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्।
नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस नेता शशांक कोइराला निर्वाचित

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका छन्।

उनले २ हजार २० मतको अन्तरले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दा पौडेलले २५ हजार ४७ मत ल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याएर तेस्रो स्थानमा रहे।

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्