Kathmandu Press

झापा ४ बाट एमालेका एलपी साँवा लिम्बू निर्वाचित

२०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी यसपटक २९ हजार ३१५ मतका साथ निर्वाचित भएका छन्।
झापा ४ बाट एमालेका एलपी साँवा लिम्बू निर्वाचित

झापा, मंसिर ८ : नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बूले झापा ४ बाट जित दोहोर्‍याएका छन्।

२०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी यसपटक २९ हजार ३१५ मतका साथ निर्वाचित भएका छन्।

उनका मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४४८ मत ल्याए। थेबे कांग्रेस झापाका सभापतिसमेत हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल १४ हजार ४९ मत ल्याएर तेस्रो स्थानमा रहे। स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले पनि ५ हजार १० मत ल्याइन्।
 
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्