भक्तपुर १ प्रदेशसभा २ मा भारी मतान्तरले नेमकिपाका गोसाइँ विजयी
आज सम्पन्न मतगणनाको अन्तिमपरिणामअनुसार उनी २९ हजार ७ सय ४ मत ल्याएर विजयी भएका हुन्।
भक्तपुर, मंसिर ८ : भक्तपुर क्षेत्र नं १ प्रदेशसभा २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन्।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणामअनुसार उनी २९ हजार ७ सय ४ मत ल्याएर विजयी भएकाेमा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले ३ हजार १६१ मत प्राप्त गरे।
मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गरे। समानुपातिकतर्फको मतगणना भने जारी छ।
प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











