झापा १ मा २३ वर्षपछि कांग्रेसकाे विरासत फर्काउँदै महामन्त्री शर्मा निर्वाचित
पार्टी महामन्त्रीसमेत रहेका शर्मा तेस्राे प्रयासमा पहिलोपटक जित निकालेर संसद यात्रा तय गर्न सफल भएका हुन्।झापा, मंसिर ७ : नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
पार्टी महामन्त्रीसमेत रहेका शर्मा तेस्राे प्रयासमा पहिलोपटक जित निकालेर संसद यात्रा तय गर्न सफल भएका हुन्। उनले यसअघिका दुई निर्वाचनमा साेही क्षेत्रमा पराजय बेहोरेका थिए।
शर्मा २०७० का दोस्राे संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग हारेका थिए। उनी २०७४ मा वाम गठबन्धनका उम्मेदवार साझा उम्मेदवार माओवादी केन्द्रका राम कार्कीसँग पराजित बनेका थिए ।
शर्माले एमाले स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन्।
एमालेको वर्चस्व रहेकाे साे क्षेत्रमा कांग्रेसलाई उनले २३ वर्षपछि जित दिलाएका हुन्। २०५६ पछिका कुनै पनि निर्वाचनमा उनले चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।
शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मतमै राेकिए। जितपछि प्रतिक्रिया दिँदै शर्माले पहिलो प्रतिस्पर्धा परिचय, दोश्रो अनुभवको र यो परिणामको भएकाे बताएका छन्।