Kathmandu Press

बागलुङ २ बाट देवेन्द्र पौडेल निर्वाचित

पौडेलले २४ हजार ७७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी चालिसेले २० हजार १८० मत प्राप्त गरिन्।
बागलुङ २ बाट देवेन्द्र पौडेल निर्वाचित

बागलुङ, मंसिर ७ : नेकपा माओवादी केन्द्रका सचिव बागलुङ २ बाट देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

शिक्षामन्त्रीसमेत रहेका उनी एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल विजयी भएका हुन्। उनी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

पौडेलले २४ हजार ७७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी चालिसेले २० हजार १८० मत प्राप्त गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले २ हजार ३२५ मत ल्याई तेस्रो स्थानमा रहिन्।

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्