Kathmandu Press

पर्सा १ बाट जसपाले खाेल्याे खाता, प्रदीप यादव विजयी

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५१ मत ल्याए।
पर्सा १ बाट जसपाले खाेल्याे खाता, प्रदीप यादव विजयी

पर्सा, मंसिर ७ : जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

यादव २२ हजार ५३७ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। द्विवेदीले २० हजार ९१७ मत ल्याए।

तेस्रो स्थानमा रहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५१ मत ल्याए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्ण १ हजार ११७ मतमा चित्त बुझाउन बाध्य भए।

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्