Kathmandu Press

ओखलढुंगा १ बाट नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित

खतिवडा ३३ हजार ५५६ मतका साथ निर्वाचित भएका हुन्।
ओखलढुंगा १ बाट नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित

बागलुङ, मंसिर ७ : प्रतिनिधिसभातर्फ ओखलढुंगा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका रामहर खतlविडा निर्वाचित भएका छन्।

खतिवडा ३३ हजार ५५६ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत ल्याएर पराजित भए।

उनीहरूबीच ६ हजार ८ सय १८ मत अन्तर रहेको छ। सुनुवार यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्की ७१४ मत ल्याई तेस्रो स्थानमा रहँदा राप्रपाका डिकप्रसाद बास्तोला २२२ मतमा सीमित भए।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्