पैसा खर्चेर चुनाव जित्न खोज्नेहरू अत्तालिएका छन् : अध्यक्ष नेपाल
जनतालाई लुटेर पैसा कमाउन चाहनेहरु पैसा खर्च नगरी कुनै काम गर्न नै नसक्ने भन्दै उनले आफ्नो ढेउवासम्बन्धी अभिव्यक्तिले उनीहरु लुटको राज्य सकिन्छ कि भनेर डराएको जिकिर गरे।काठमाडाैं, मंसिर ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पैसा खर्च गरेर चुनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका छन्।
बुधबार रौतहट १ मा जारी मतगणनाको अवस्थामा बुझ्न पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै जनताको मत किनेर चुनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका हुन्। अहिलको चुनाव पैसा खर्च नगरिकनै आफूले जितेको उनले बताए।
जनतालाई लुटेर पैसा कमाउन चाहनेहरु पैसा खर्च नगरी कुनै काम गर्न नै नसक्ने भन्दै उनले आफ्नो ढेउवासम्बन्धी अभिव्यक्तिले उनीहरु लुटको राज्य सकिन्छ कि भनेर डराएको जिकिर गरे।
अध्यक्ष नेपाले आफू र आफ्ना पार्टीले देशको विकासका साथै जनताको समस्यामा समाधानका लागि गरेको प्रतिबद्धता पूरा गर्ने बताए।
प्रकाशित मिति: १६:४४ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९