Kathmandu Press

जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलाे मतान्तरले पछि पार्दै सिके राउत निर्वाचित

राउत र यादवबीच मत अन्तर १८ हजार ६३ रहेको छ। 
जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलाे मतान्तरले पछि पार्दै सिके राउत निर्वाचित

सप्तरी, मंसिर ७ : प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) निर्वाचित भएका छन्।

राउत ३५ हजार ४२ मतसहित निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्न सफल भए। यादवले १६ हजार ९६९ मतमा सीमित भए। राउत र यादवबीच  १८ हजार ६३ काे फराकिलाे मतान्तर रहेको छ। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर ७ हजार ३४७ मतमै रोकिएर तस्रो भए। त्यहाँका अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेनन्।

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्