Kathmandu Press

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

केसी २१ हजार ४५१ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भए।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

बागलुङ, मंसिर ७ : प्रतिनिधिसभातर्फ बागलुङ क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्।

केसी २१ हजार ४५१ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भए। उनीहरूबीच २ हजार ६ सय २६ मत अन्तर रहेकाे छ।

पाठक यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल ९ हजार १८१ मत ल्याई तेस्रो स्थानमा रहँदा राप्रपाका लक्ष्मीप्रसाद सापकोटा ९०३ मतमा सीमित भए।

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्