काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित
नेकपा एमालेका सर्वेन्द्र खनाललाई ५ हजार २९२ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। शिशिरले १४ हजार २०४ मत ल्याउँदा सर्वेन्द्रले ८ हजार ९११ मत प्राप्त गरे।काठमाडौं, मंसिर ७ : प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्।
नेकपा एमालेका सर्वेन्द्र खनाललाई ५ हजार २९२ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। शिशिरले १४ हजार २०४ मत ल्याउँदा सर्वेन्द्रले ८ हजार ९११ मत प्राप्त गरे।
उसअघि दुईपटक जित निकालेका कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतमा सीमित भई तेस्रो स्थानमा परेका छन्।
चारवटा क्षेत्रमा अग्रता लिइरहेकाे स्वतन्त्र पार्टीबाट खनालसहित चारजनाले जितिसकेका छन्। यसअघि काठमाडाैं २, ७ र ८ मा क्रमशः साेविता गाैतम, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भएका हुन्।
प्रकाशित मिति: १५:२४ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९