Kathmandu Press

समानुपातिकतर्फ एमाले अगाडि, पछ्याउँदै कांग्रेस, तेस्राेमा स्वतन्त्र पार्टी

चौथौं, पाँचौं र छैटौं स्थानमा क्रमशः रहेका माओवादी केन्द्रले १ लाख ७०८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५७ हजार ८८९ र जनता समाजवादी पार्टी (जसपा) ले १८ हजार ७६० मत हासिल गरेका छन्।
समानुपातिकतर्फ एमाले अगाडि, पछ्याउँदै कांग्रेस, तेस्राेमा स्वतन्त्र पार्टी

काठमाडाैं, मंसिर ७ : गत आइतबार सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि जारी छ।

समानुपातिकतर्फ एमाले अगाडि देखिएको छ। प्रतिनिधिसभातर्फ बुधबार दिउँसोसम्म एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको छ।

Hardik ivf

दोस्रो स्थानमा रहेको कांग्रेसले २ लाख १९ हजार ९०४ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। उसले १ लाख १२ हजार २९४ मत आफ्नो पक्षमा पारिसकेको छ।

चौथौं, पाँचौं र छैटौं स्थानमा क्रमशः रहेका माओवादी केन्द्रले १ लाख ७०८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५७ हजार ८८९ र जनता समाजवादी पार्टी (जसपा) ले १८ हजार ७६० मत हासिल गरेका छन्।

जनमत पार्टीले १७ हजार ५७८, नेपाल मजदुर किसान पार्टीले १६ हजार ५१०, नेकपा एकीकृत समाजवादीले १३ हजार ३२६ र नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३८ मत पाएक छन्। अन्यले ५० हजार ३४१ मत बटुलेका छन्।

प्रदेशसभातर्फ प्रदेश १ र गण्डकीमा एमाले अगाडि छ भने लुम्बिनीमा कांग्रेस अघि छ। वाग्मतीमा नेमकिपाकाे अग्रता छ। अन्य तीन प्रदेश मधेस, कर्णाली र सुदूरपश्चिमको नतिजा सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्