ताप्लेजुङबाट एमाले नेता योगेश भट्टराई विजयी
माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री २०८ मतको झिनो अन्तरले पराजित भएका छन् ।
काठमाडौं, मंसिर ७ : ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।
बुधबार दिउँसो सकिएको मतगणनाको अन्तिम परिणामअनुसार भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माअोवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गरेका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् ।
प्रकाशित मिति: १५:१० बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











