दाङ २ प्रदेशसभा १ मा कांग्रेसका राजु खनाल विजयी

दाङ, मंसिर ७ : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ ९१० मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्।
खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका-४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन्। यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए।
खनाल २०७० मा दाङ ३ बाट संविधानसभा सदस्य निर्वाचित भएको थियोे। २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित भएको थियो।
प्रकाशित मिति: १४:१६ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











