गुल्मीबाट एमाले सचिव विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
गुल्मी–२ बाट नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् ।
काठमाडौं, मंसिर ७ ः गुल्मी निर्वाचन क्षेत्रनम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् ।
बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार विष्ट नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतले पराजित गर्दै गुल्मी–२ बाट निर्वाचित भएका हुन् ।
विष्टले २८ हजार ४७६ मत ल्याउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।
प्रकाशित मिति: १३:१६ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











