Kathmandu Press

जुम्ला प्रदेशसभा २ मा एमालेका पछाई विजयी

आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए।
जुम्ला प्रदेशसभा २ मा एमालेका पछाई विजयी

जुम्ला, मंसिर ७ : जुम्लाको प्रदेशसभा २ मा एमाले विजयी भएको छ।

आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए।

पछाईले सात हजार आठ सय २६  मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले ६ हजार सात सय १५ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गरेको छ। नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको मुख्य  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्