Kathmandu Press

पूर्वी नवलपरासीमा शशांकको अग्रता कायमै

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार ८०९ मत प्राप्त गरेका छन्।
पूर्वी नवलपरासीमा शशांकको अग्रता कायमै

कावासोती, मंसिर ७ : पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन १ मा  नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन्।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन्।

कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार ३ सय १३ मतका साथ पछ्याइरहेका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन्।

पूर्वी नवलपरासी २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन्। कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्