काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
केसी १४ हजार ४ सय ४८ मत प्राप्त गरेर विजयी भए । उनका नकटतम प्रतिद्वन्द्वी एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गरे।
काठमाडौं, मंसिर ७ : काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजन केसी निर्वाचित भएका छन् । यो उनको तेस्रो संसद् यात्रा हो । यसअघि उनी २०७० र २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
केसी १४ हजार ४ सय ४८ मत प्राप्त गरेर विजयी भए । उनका नकटतम प्रतिद्वन्द्वी एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गरे।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरिन्।
प्रकाशित मिति: १०:४० बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











