Kathmandu Press

स्टान्डर्ड बैंकको नाफा एक अर्ब १४ करोड

काठमाडौं, माघ २९ : स्टान्डर्ड चार्टर्ड बैंकले ६ महिनामा एक अर्ब १४ करोड १५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । 

बैंकको गत वर्षको यो अवध....

स्टान्डर्ड बैंकको नाफा एक अर्ब १४ करोड

काठमाडौं, माघ २९ : स्टान्डर्ड चार्टर्ड बैंकले ६ महिनामा एक अर्ब १४ करोड १५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । 

बैंकको गत वर्षको यो अवधिमा कमाएको नाफाभन्दा ६.७९ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा एक अर्ब सात करोड २५ लाख ४१ हजार रुपैयाँ नाफा रहेको थियो ।

यो अवधिमा बैंकको वितरण योग्य नाफा ९९ करोड ८१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ९५ करोड ९४ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी २.३० प्रतिशतले बढेर एक अर्ब ६५ करोड १८ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यो अवधिमा एक अर्ब ६१ करोड ४५ हजार ६३ रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको संचालान मुनाफा पनि ६.७९ प्रतिशतले बढेर एक अर्ब ६३ करोड ६२ लाख आठ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा एक अर्ब ५३ करोड २२ लाख एक हजार रुपैयाँ रहेको थियो ।

आठ अर्ब एक करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा सात अर्ब तीन करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

६५ अर्ब ९८ करोड ४१ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५० अर्ब ९६ करोड ८६ करोड १४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्ष ०.१७ प्रतिशत खराब कर्जा रहेको बैंकको यो अवधिमा बढेर ०.२० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, माघ २९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्