दक्षिणी थाइल्याण्डमा कार बम विस्फोटमा परी कम्तीमा १ जनाको मृत्यु

बैंकक, मंसिर ६ : दक्षिणी थाइल्याण्डको नाराथिवाट प्रान्तमा मङ्गलबार प्रहरी परिसरमा भएको कार बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै दर्जन बढी घाइते भएका छन्।
थाई राष्ट्रिय दैनिक म्याटिचोनका अनुसार विस्फोट दिउँसो १२:४५ बजे भएको थियो।
अहिलेसम्म एकजना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। घटना बारे थप अनुसन्धान जारी छ।
प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












