Kathmandu Press

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरेका छन्। 
झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

झापा, मंसिर ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ। मतगणनाको सुरुआत देखि नै उनी अग्रस्थानमा छन्। 

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरेका छन्। 

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन्। झापा (१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गर्नुभएको छ।

प्रारम्भिक परिणाम नुसार उनले नौ सय ८१ मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गरेका छन्। 

झापा–५ (२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्