Kathmandu Press

रसुवा प्रदेशसभा १ मा कांग्रेसका प्रभात तामाङ विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन्।
रसुवा प्रदेशसभा १ मा कांग्रेसका प्रभात तामाङ विजयी

रसुवा, मंसिर ६ : रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन्।

तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए। 

उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए।

उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो।

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्