रुपन्देही १ : छविलाल अघिअघि, घनश्याम पछिपछि
एमालेका विश्वकर्माले २ हजार ५ सय ४२ मत पाउँदा घनश्याम भुसालले १ हजार ९६४ मत ल्याएका छन्।
रुपन्देही, मंसिर ६ : रुपन्देही १ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार छविलाल विश्वकर्माले अग्रता लिइरहँदा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल छन्।
एमालेका विश्वकर्माले २ हजार ५ सय ४२ मत पाउँदा घनश्याम भुसालले १ हजार ९६४ मत ल्याएका छन्।
साे क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् भने जनमत पार्टीका कैलाश गुरूङले १ हजार ३२० मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाइले ९५६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











