मतदाताले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्छु : श्रेष्ठ
उनले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गरे।काठमाडाैं, मंसिर ६ : नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने, 'मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु।'
नवनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गर्दै भने, 'अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकतानुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु।'
उनले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गरे।
प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९