प्युठानमा एमालेका सूर्य थापाकाे अग्रता
पछिल्लो मतपरिणामअनुसार थापाले ५ हजार ७२३ मत ल्याएका छन्।
प्युठान, मंसिर ६ : प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार थापाले ५ हजार ७२३ मत ल्याएका छन्। उनीभन्दा पछपिछि रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मत ल्याएकी छन्।
यसैगरी प्युठान प्रदेशसभा १ मा पनि एमाले उम्मेदवार रिप्रसाद रिजाल अगाडि छन्। उनले १ हजार ३७१ मत ल्याउँदा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) ले १ हजार ११५ मत पाएका छन्।
प्रदेशसभा २ तर्फ माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाइरहँदा एमाले उम्मेदवारले पछिपछि छन्।
प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











