काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित
११ हजार ९५६ मत प्राप्त गरेर श्रेष्ठ विजयी हुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे।
काठमाडौं, मंसिर ६ : काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन्।
११ हजार ९५६ मत प्राप्त गरेर श्रेष्ठ विजयी हुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा रहिन्।
संसदीय निर्वाचनमा आठपटक भिडिसकेका श्रेष्ठकाे याे चौथो जित हाे। यसअघि पनि साे क्षेत्रमा उनले नै जितेका थिए। उनी २०४९ र २०५१ काे आम निर्वाचनमा पनि विजयी बनेका थिए।
प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











