Kathmandu Press

कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

उनी २३ हजार १२० मत ल्याएर विजयी भएका हुन्।
कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली, मंसिर ४ : कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्।

उनी २३ हजार १२० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ भने एमालेका गौरी शंकर चौधरीले ९ हजार ८७४ मत पाए।

त्यसैगरी राप्रपाका वीरन्द्रबहादुर बमले ७ हजार ४७ मत पाए।

विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने बताए।

‘मतदाताको धारणा बुझ्न तपाइहरु प्रत्येकका घरमा आउनेछु,’ उनले भने, ‘तपाईंहरुकै भावना अनुसारका योजना बनाएर काम अगाडि बढाउनेछु।’

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्