Kathmandu Press

प्रधानमन्त्री देउवाकाे अग्रता कायमै, सागर ढकाल निकै पछाडि

सागरका पछिपछि नेपाली कांग्रेस (बिपी) का उम्मेदवार कर्णबहादुर मल्ल छन्।
प्रधानमन्त्री देउवाकाे अग्रता कायमै, सागर ढकाल निकै पछाडि

डडेलधुरा, मंसिर ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतगणना थालेदेखि नै अग्रता लिइरहेका छन्।

प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा ९ हजार ७७३ मत ल्याइसकेका उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। उनले ५ हजार १९३ मत पाएका छन्। यसरी हेर्दा देउवा र ढकालबीच ४ हजार ५८० मततान्तर रहेको छ।

सागरका पछिपछि नेपाली कांग्रेस (बिपी) का उम्मेदवार कर्णबहादुर मल्ल छन्। मल्लले मल्लले २ हजार ६९४ मत पाएका छन्।

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्