काठमाडौं १० मा केसीको अग्रता कायमै
कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गरेका छन्।
काठमाडौं, मंसिर ६ : काठमाडौं निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ।
कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार एक सय ३१ मत प्राप्त गरेका छन्।
एमालेका हिमेश केसीले तीन हजार ६ सय दुई मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार अन्जना विसङ्खेले दुई हजार दुई सय चार मत प्राप्त गरेकी छन्।
मतगणना जारी छ। हालसम्म गणना भएको मतमध्ये ८६६ मत बदर भएको छ ।
प्रकाशित मिति: १४:०० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











