काठमाडौं-२ प्रदेशसभा १ मा राप्रपाका सुनिल केसी विजयी
उनी वाग्मती प्रदेशका निवर्तमान सभामुखसमेत रहेका एमाले उम्सामेदवार सानुकुमार श्रेष्ठलाई १ हजार ५१९ मतान्तरले पराजित गरेका हुन्।
काठमाडौं, मंसिर ६ : काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी विजयी भएका छन्।
उनकाे जितसँगै याे निर्वाचनमा राप्रपाले वाग्मती प्रदेशसभा सदस्य निर्वाचनमा जितकाे खाता खाेलेकाे छ।
केसीले वाग्मती प्रदेशका निवर्तमान सभामुखसमेत रहेका एमाले उम्सामेदवार सानुकुमार श्रेष्ठलाई १ हजार ५१९ मतान्तरले पराजित गरेका हुन्।
केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मै राेकिए।
प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











