देश हाँक्न जनताले चाहेजस्ताे नयाँ चालक कांग्रेसभित्रै छ : गगन थापा
‘देश हाँक्ने चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिनु जरुरी छ।’काठमाडौं, मंसिर ६ : काठमाडौं ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली जनताले स्थायित्व मात्रै नभई नेपाल कुशलतापूर्वक हाँक्ने नयाँ चालक पनि खोजेको बताएका छन्।
निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै उनले सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले भने, ‘देश हाँक्ने चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिनु जरुरी छ।’
उनले तुरुन्तै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने पनि बताए। ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनको कुरा पूरा गर्नुपर्छ,’ उनले भने। उनले मतदाताको विश्वासमाथि घात नगर्ने प्रतिज्ञा पनि गरे।
काठमाडौं ४ बाट ‘ह्याट्रक’ जित निकालेका उनले नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्।
थापाले २१ हजार ३०१ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए।
यही क्षेत्रमा २०७४ मा पनि थापाले भट्टराईलाई नै पराजित गरेका थिए। यही क्षेत्रबाट २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा जित निकाल्दा भने उनले एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए।
२०६४ मा थापा समानुपातिक सांसद बनेका थापाको यो संसका लागि चौथो यात्रा हो।