Kathmandu Press

रुपन्देही ३ मा खाणलाई पछि पारे बोहोराले

सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि छन्।
रुपन्देही ३ मा खाणलाई पछि पारे बोहोराले

रुपन्देही, मंसिर ६ : रुपन्देही ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिएका छन्।

सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि छन्।

राप्रपाका उम्मेदवार बोहरा चार हजार एक सय ७० मतका साथ अगाडि हुनुहुन्छ भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार नौ सय १९ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । 

प्रदेशसभातर्फ ३ ९१० को  मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे तीन हजार ६७ मतका साथ अग्रता लिएको भने जनता समाजवादी पार्टीका महेन्द्र यादव दुई हजार एक सय २८ मतका साथ दोस्रो स्थानमा छन्।

यो क्षेत्रमा अहिलेसम्म छ सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।

प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्