Kathmandu Press

१४४ स्थानको मतगणना जारी, प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

जारी मतगणनामा नेपाली कांग्रेस ४३ स्थानमा अगाडि छ। नेकपा एमालेका ४२, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय स्वतन्त्र पार्टीका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका र एकीकृत समाजवादी ७/७ र अन्य दल तथा उम्मेदवार २) स्थानमा अग्रस्थानमा छन्। 
१४४ स्थानको मतगणना जारी, प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

काठमाडौं, मंसिर ६ : आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार आज दिउँसाे १ बजेसम्म कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४४ स्थानको मतगणना जारी छ। 

अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसकेका छन्। 

Hardik ivf

जारी मतगणनामा नेपाली कांग्रेस ४३ स्थानमा अगाडि छ। नेकपा एमालेका ४२, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय स्वतन्त्र पार्टीका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका र एकीकृत समाजवादी ७/७ र अन्य दल तथा उम्मेदवार २) स्थानमा अग्रस्थानमा छन्। 

समानुपातिकमा कसकाे कति मत?

समानुपातिकतर्फ दिउँसाे सवा १२ बजेसम्मकाे मतगणनामा एमाले अगाडि छ। हालसम्म एमालेले ७६ हजार ३ सय २३, कांग्रेसले ६५ हजार ७ सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ३ सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन्। 

जनता समाजवादी पार्टीले ५ हजार आठ सय ३३, जनमत पार्टीले ५ हजार चार सय ५५, नेपाल मजदुर किसान पार्टीले ४ हजार चार सय ३८, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५ सय ३८, नेकपा एकीकृत समाजवादीले ३ हजार ४६० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्