Kathmandu Press

सिरहाका दुई निर्वाचन क्षेत्रमा एमाले, एक-एक क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको अग्रता

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा एमाले–जसपा गठबन्धनबाट नेकपा  एमालेका उम्मेदवार रामशंकर यादवले दुई हजार ४५ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। 
सिरहाका दुई निर्वाचन क्षेत्रमा एमाले, एक-एक क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको अग्रता

सिरहा, मंसिर ६ : सिरहाका चारवटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा सोमबार मध्यरातिदेखि मतगणना जारी छ।

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा एमाले–जसपा गठबन्धनबाट नेकपा  एमालेका उम्मेदवार रामशंकर यादवले दुई हजार ४५ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। 

Hardik ivf

त्यस्तै सत्ता गठबन्धबाट कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पदमनारायण चौधरीले एक हजार ६ सय ९२ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी जनमत पार्टीका युगलकिशोर साहले दुई सय ७२ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार सरिता गिरीले ९४ मत प्राप्त गरेका छन्।   

त्यसैगरी क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट कांग्रेसकी नेत्री तथा पूर्वमन्त्री चित्रालेखा यादवले एक हजार तीन सय ८५ मतका साथ जसपा नेपालका उम्मेदवार राजकिशोर यादवभन्दा अगाडि छन्। एमाले–जसपा गठबन्धनबाट राजकिशोर यादवको प्राप्त मत एक हजार तीन सय ८२ रहेको छ। त्यसैगरी जनमत पार्टीका विनोद यादवले नौ सय ७७ मत प्राप्त गरेका छन्।  

क्षेत्र नं ३ मा एमाले–जसपा गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठले नौ सय २२ मतका साथ अग्रता लिइरहनुभएको छ भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले ६ सय ९४ मतका साथ दोस्रो स्थानमा छन्। त्यस्तै जनमत पार्टीका विनोदकुमार यादवले पाँच सय ७९ मत प्राप्त गरेका छन्।      

त्यसैगरी क्षेत्र नं ४ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले तीन सय ८१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने एमाले–जसपा गठबन्धनबाट जसपा नेपालका वीरेन्द्रप्रसाद महतोले तीन सय ४२ मतका साथ दोस्रो स्थानमा छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल तिवारीले दुई सय ४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्