Kathmandu Press

ललितपुर १ मा कांग्रेसका राणा र ३ मा स्वतन्त्रकी ताेसिमा अग्रस्थानमा

ललितपुर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशमशेर जबरा एमालेका नवराज सिलवाललाई अग्रस्थान आएका छन्।
ललितपुर १ मा कांग्रेसका राणा र ३ मा स्वतन्त्रकी ताेसिमा अग्रस्थानमा

ललितपुर, मंसिर ६ : ललितपुर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशमशेर जबरा एमालेका नवराज सिलवाललाई अग्रस्थान आएका छन्।

निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा राणाले ११ हजार सात सय ३९ मत प्राप्त गर्दा सिलवालले ११ हजार १५४ मत प्राप्त गरेका छन्।  उनीहरूबीच ५८५ मतको फरक छ।

Hardik ivf

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले १ हजार ७३४ मत प्राप्त गरेका छन्। 

ललितपुर ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की अग्रस्थानमा छिन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा ४ हजार ९ सय १० मत प्राप्त गरेकी छन्।

एमालेका अमृत खड्काले ३ हजार ८४५ मत प्राप्त गगर्दा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २२८ मत ल्याएकी छन्। कुल ११ हजार ८७७ मतगणना हुँदा ४ सय ३३ मत बदर भएको छ।

ललितपुर २ मा भने एमालेका प्रमबहादुर महर्जन विजयी भइसकेका छन्।

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्