Kathmandu Press

काठमाडाैं ४ मा गगनकाे ‘ह्याट्रिक’

उनले नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्।
काठमाडाैं ४ मा गगनकाे ‘ह्याट्रिक’

काठमाडौं, मंसिर ६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट फराकिलो मतान्तरले विजयी भएका छन्। उनको यो ‘ह्याट्रिक’ जित हो।

उनले नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्। थापाले २१ हजार ३०१ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए। 

यही क्षेत्रमा २०७४ मा पनि थापाले भट्टराईलाई नै पराजित गरेका थिए। यही क्षेत्रबाट २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा जित निकाल्दा भने उनले एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए।

२०६४ मा थापा समानुपातिक सांसद बनेका थापाको यो चौथो संसद् यात्रा हो।

प्रकाशित मिति: ११:४१ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्