कृष्णभक्तसँगको मतान्तर घटाउँदै रवि, उमेश श्रेष्ठ तेस्रोमा
कृष्णभक्तले ३०४५ मत ल्याउँदा रविले २५४१ मत ल्याएका छन्। यस्तै कांग्रेसका उमेश श्रेष्ठ २४४७ मतसहित तेस्रो स्थानमा छन्।
चितवन, मंसिर ६ : मतगणनामा सुरुआतदेखि पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले अहिले मतान्तर घटाइरहेका छन्।
चितवन क्षेत्र नं. २ सोमबार रातिसम्म तेस्रो स्थानमा रहेका रवि मंगलबार बिहान भने मतान्तर घटाउँदै दोस्रो स्थानमा आएका छन्। अहिले शीर्ष स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल र रविको मतान्तर ५ सयको मात्र छ।
कृष्णभक्तले ३०४५ मत ल्याउँदा रविले २५४१ मत ल्याएका छन्। यस्तै कांग्रेसका उमेश श्रेष्ठ २४४७ मतसहित तेस्रो स्थानमा छन्।
प्रकाशित मिति: १०:०१ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











