इलाममा झलनाथ खनाल र सुवास नेम्वाङ दुवै पछाडि
२०७४ को आम निर्वाचनमा इलामबाट विजयी भएका नेताद्वय झलनाथ खनाल र सुवास नेम्वाङ यो पटकको निर्वाचनको मतगणनामा पछाडि परेका छन्।काठमाडौं, मंसिर ६ : २०७४ को आम निर्वाचनमा इलामबाट विजयी भएका नेताद्वय झलनाथ खनाल र सुवास नेम्वाङ यो पटकको निर्वाचनको मतगणनामा पछाडि परेका छन्।
वाम लोकतान्त्रिक गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल इलाम १ मा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा पछाडि परेका छन्। बस्नेतले ४३३६ मत ल्याउँदा खनालले ३७८८ मत प्राप्त गरेका छन्।
यस्तै, इलाम क्षेत्र नं. २ मा एमालेका नेम्वाङलाई कांग्रेसका डम्बरबहादुर खड्काले उछिनेका छन्। खड्काले २१७८ मत ल्याउँदा नेम्वाङले २१०१ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: ०८:५४ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९