गठबन्धनकी पम्फाभन्दा तोसिमा कार्की दोब्बर मतले अगाडि
उनले गठबन्धनबाटउम्मेदवार रहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी हुन्। पछिल्लो तथ्याकअनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन् ।
काठमाडौं, मंसिर ६ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् ।
उनले गठबन्धनबाटउम्मेदवार रहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी हुन्। पछिल्लो तथ्याकअनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन् ।
उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन् । कार्की र खड्काबीच ९३७ मतको अन्तर छ ।
यहाँ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले १७९६ मत पाएकी छन्।
प्रकाशित मिति: ०६:५४ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











