Kathmandu Press

डा.भक्तमान श्रेष्ठलाई बन्धक बनाउने युवक जेल चलान

काठमाडौं, पुस ४ : नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको....

डा.भक्तमान श्रेष्ठलाई बन्धक बनाउने युवक जेल चलान

काठमाडौं, पुस ४ : नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा‍श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका गौतमलाई महाराजगञ्जबाट पक्राउ गरिएको बताए। ‘मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौँडाको विसं २०७० माघ १३ गतेको फैसलाअनुसार गौतमलाई नौ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँऽ’ उनले भने।

डा‍श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौँ, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको थियो। पक्राउ परेका गौतमलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, पुस ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्