काठमाडौं-१ मा प्रकाशमान सिंह निर्वाचित
काठमाडौं, मंसिर ६ : काठमाडौं निर्वाचन क्षेत्रनम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् ।
मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका सिंहले ७ हजार १ सय ४० मत प्राप्त गर्दा मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा पनि मिश्र सिंहसँगै पराजित भएका थिए । त्यतिबेला सिंहले मिश्रलाई ८१८ मतान्तरले पराजित गरेका थिए । मिश्र त्यतिबेला विवेकशील साझा पार्टीका उम्मेदवार थिए ।
प्रकाशित मिति: ०३:०० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९