Kathmandu Press

सिके राउतको फराकिलो अग्रता, झन्डै ५ हजार मतान्तरले उपेन्द्र यादव पछाडि

सिके राउतले ८ हजार ४२० मत प्राप्त गर्दा उपेन्द्र यादव करिब ५ हजार मतान्तरले पछि परेका छन् । हालसम्म उनले ३ हजार ६३३ मत प्राप्त गरेका छन् ।
सिके राउतको फराकिलो अग्रता, झन्डै ५ हजार मतान्तरले उपेन्द्र यादव पछाडि

काठमाडौं, मंसिर ६ : प्रतिनिधिसभाअन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार राउले आठ हजार ४२० मत प्राप्तगरेका छन्।

यहाँ एमालेको समर्थन पाएका जसपा अध्यक्ष उपेन्द्र यादव करिब ५ हजार मतान्तरले पछि परेका छन् । हालसम्म उनले ३ हजार ६३३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट लोसपा उम्मेदवार जयप्रकाश ठाकुरले १ हजार ६३० मत ल्याएका छन् ।  

Hardik ivf

हालसम्म १४ हजार ७६७ मतगणना भएकोमा ७७७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । 

यसैगरी जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जसपा नेपालका नवलकिशोर साह एक हजार ६२० मतका साथ अगाडि  छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका रामदेव साहले एक हजार ३८५ मतका पाएका छन् । सुरुआती मतगणनामा अघि देखिएका जनमत पार्टीका जयकान्त राउतले ७५५ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: ०१:४८ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्