प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, ललितपुर २ मा प्रेमलाल महर्जन विजयी
ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् ।काठमाडौं, मंसिर ५ : ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो स्थानमा रहेका छन् ।
यस्तै राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६ मत ल्याएको ललितपुर निर्वाचन कार्यालयका दिपशिखा मुनाकर्मी जनाएका छन् । त्यसैगरी स्वत्नत्र उम्मेद दिपेशकुमार केसी १३ सय ९२ ल्याएका छन् ।
यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।
प्रकाशित मिति: ०१:०२ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९