Kathmandu Press

गगन थापाले १० हजार मत कटाए, राजन भट्टराईसँग फराकिलो अन्तर 

२२ हजार ५७५ मत गणना हुँदा थापाले १० हजार मत कटाएका हुन् भने भट्टराईले ७ हजार ८१६ मत ल्याएका छन् ।
गगन थापाले १० हजार मत कटाए, राजन भट्टराईसँग फराकिलो अन्तर 
Hardik ivf

काठमाडौं, मंसिर ६ : काठमाडौं क्षेत्रनम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले  १० हजार मत कटाएका छन्।

मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका थापाले एमाले उम्मेदवार राजन भट्टराईसँगको मतान्तर बढाउँदै लगेका छन् । २२ हजार ५७५ मत गणना हुँदा थापाले १० हजार मत कटाएका हुन् भने भट्टराईले ७ हजार ८१६ मत ल्याएका छन् । 

यहाँ राप्रपाका ठाकुरमोहन श्रेष्ठले १ हार ३८१ मत ल्याएका छन्। 

प्रकाशित मिति: ०१:०१ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्