Kathmandu Press

विवादपछि रुपन्देही ४ को मतगणना रोकियो

फरक मतपेटिकामा फरक मत देखिएकाले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको छ।
विवादपछि रुपन्देही ४ को मतगणना रोकियो

रूपन्देही, मंसिर ५ : रुपन्देही क्षेत्र नं ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा लिएर विवाद हुँदा मतगणना रोकिएको हो।

फरक मतपेटिकामा फरक मत देखिएकाले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको छ। क्षेत्र नं ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले यस विषयमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको बताए।

उनकाअनुसार प्रतिनिधिसभा सदस्यका लागि चार हजार आठ सय ४३ मतगणना भएको छ।

जसअनुसार साइकल चुनाव चिह्नले एक हजार आठ सय ८३ मत, रूख चिह्नले एक हजार तीन सय ४० मत, लाउडस्पिकर चिह्नले एक हजार ३३ मत प्राप्त गरेका छन् । यो बाहेकको तथ्यांक आधिकारिक नभएको निर्वाचन अधिकृत उनले बताउनुभयो ।

 

प्रकाशित मिति: २०:४५ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्